भारतीय प्रधनामन्त्री मोदीद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडाैं । अमेरिकाको राजकीय भ्रमणमा रहेका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेका छन् ।

बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ हुने बताए । अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै उनले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने घोषणा पनि गरे ।  अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार बनेको भन्दै मोदीले आतंकवाद विरुद्धको लडाईमा कुनै सम्झौता हुँदैन भने । भारत अघि बढ्दा विश्व नै अघि बढ्ने भन्दै रुस युक्रेन युद्धले विश्वलाई नै पीडा दिएको बताए ।  । रुस–युक्रेन युद्धबारे मोदीले यो भन्दा बढी टिप्पणी भने गर्न चाहेनन् ।

चीन र पाकिस्तानप्रति सीधा टिप्पणी नगरे पनि मोदीले हिन्द प्रशान्त क्षेत्रमा टकरावको कालो बादल मडारिन थालेको बताए । मोदीले वैठकलाई सम्बोधन गरिरहँदा संसद तालीले गुञ्जायमान भएको थियो । दर्शकदीर्घाबाट “मोदी मोदी” भन्दै प्रशंसा गरिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर