काभा नेसन्स भलिबल : आज नेपाल र किर्गिस्तान ‘बी’ प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा शुक्रबार नेपालले किर्गिस्तानको ‘बी’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको बिस्केकमा हुने सो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ ।

७ टोली सहभागी प्रतियोगितामा नेपालले आज पाँचौं खेल खेल्न लागेको हो । बिहीबार भएको खेलमा नेपाली टोली तुर्केमिनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो ।

नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपालले अघिल्ला चारै खेलमा हार व्यहोरेको थियो ।

नेपालले मंगोलिया, आयोजक किर्गिस्तान, इरान र तुर्किमिनिस्तानसँग हार व्यहोरेको थियो ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर