हिन्दी चलचित्र आदिपुरुष चल्न दिन अदालतको आदेश

काठमाडाैं । हिन्दी चलचित्र आदिपुरुष चल्न दिन पाटन उच्च अदालतले आदेश दिएको छ।

फिल्ममा भएको एउटा डाइलगलाई लिएर महानगर प्रमुख बालेन शाहले चलचित्र चल्न रोक लगाएका थिए।

त्यसका विरुद्ध संगठन चलचित्र संघले हालेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अन्तरिम आदेशबारे छलफल गर्न असार १२ गते दुवै पक्षलाई बोलाइएको छ।

आदेश सार्वजनिक नहुँदै मेयर बालेनले अदालत प्रति कडा रोष प्रकट गरेका छन्। उनले सरकार र अदालत दुवै भारतको गुलाम बनेको भन्दै आदेश नमान्ने संकेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर