नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन:जसपा

काडमाडौंं । जनता समाजवादी पार्टीले विभेदरहित समाजको निर्माण गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन गरिएको जनाएको छ ।

ललितपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै जसपाले मुलुकमा देखापरेका राष्ट्रिय समस्या समाधान गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा गठन गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले घोषित साझा विषयमा सहकार्य गर्न मोर्चा गठन गरिएको भन्दै मोर्चामा रहेका दलहरूको अलग अलग अस्तित्व रहने जिकिर गरे ।

उनले जसपाले आफ्ना एजेण्डा छाडेको भन्ने प्रचार गलत भएको र आफ्ना मुद्दाहरू थप बलियो ढंगले अघि बढाउने आधार तय भएको उल्लेख गरे । त्यस्तै अध्यक्ष यादवले डा बाबुराम भट्टराईलाई मोर्चामा कहिल्यै नदेखेको भन्दै इच्छुक भए समेट्न तयार रहेको उल्लेख गरे । उनले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै सुधार गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर