नेपालले आज बिहीबार तुर्किमिनिस्तानको सामना गर्दै

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको चौंथो खेलमा नेपालले आज बिहीबार तुर्किमिनिस्तानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले तुर्किमिनिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । अंक विहीन नेपालले अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको थियो ।

नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो ।  यस्तै तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोली र अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर