आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार ठूलो गोलभेडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३७ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ ।

यसैगरी,  सुकेको प्याज ४८ रुपैयाँ २० पैसा, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ रहेको छ ।

रातो मूला २७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा र चिचिण्डो ३५ रुपैयाँ, तने बोडी, निगुरो ८५ रुपैयाँ, मकै बोडी, लोकल सिमी र झिगूनी ४५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, लौका, घिरौला र बुलेट खुर्सानी ६५ रुपैयाँ, भिण्डी ७८ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, तोरीको साग ३५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३५६ रुपैयाँ, कुरिलो र गुन्द्रुक, २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, कायम गरिएको छ । 

फलफूल अन्तर्गत दसहरी आँप ८५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, मौसम १९० रुपैयाँ, अनार ४२५ रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ, रूख कटहर ३५ रुपैयाँ, लोकल लिच्ची १२५ रुपैयाँ, किवी ७५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर