सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा अनुबन्धित

काठमाडौं । म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित हुने भएका छन् ।

जर्मन मिडफिल्डर यस महिनाको अन्त्यसँगै फ्री ट्रान्सफरमा बार्सिलोनामा अनुबन्धित हुने छन् ।

प्रिमियर लिग विजेता सिटीसँग गुन्डोगानको सम्झौता यसै महिनाको अन्त्यबाट सकिदैछ ।

३२ वर्षीय गुन्डोगानलाई सिटीले नयाँ सम्झौताको प्रस्ताव गरेको थियो । तर, स्पेनिस च्याम्पियनले तीन वर्षको आकर्षक सम्झौतालाई उनले स्विकार गरेको बताईएको छ ।

सिटीका प्रशिक्षक पेप गार्डिओला उनलाई क्लबमै राख्न इच्छुक देखिएका थिए । सिटीले यस सिजन ट्रेबल उपाधि जित्दा गुन्डोगान टिमको महत्वपूर्ण खेलाडी थिए ।

गुन्डोगानले २०२२-२३ को सिजन ५१ खेल खेलेर ११ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर