मोदी अमेरिकी संसदलाई दोस्रो पटक सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने अमेरिका भ्रमणको दोस्रो चरणमा वासिङ्टन पुगेका छन्, जहाँ उनको सम्मानमा गार्ड अफ अनर दिइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा मोदीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।

यो प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो राजकीय भ्रमण हो, जसमा उनले जो बाइडेनसँग द्विपक्षीय भेट गर्नेछन्।

यससँगै उनले अमेरिकी संसदको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नेछन्। प्रधानमन्त्री मोदी अमेरिकी संसदको संयुक्त सदनलाई दोस्रो पटक सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नेछन्।

यसअघि प्रधानमन्त्री मोदीले नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित कार्यक्रमको नेतृत्व गरेका थिए।

यस कार्यक्रममा संयुक्त राष्ट्रका अधिकारीदेखि सबै कूटनीतिज्ञ र सेलिब्रेटीहरू सहभागी थिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर