फरवार्ड काइ हाभर्ट्ज आर्सनलमा अनुबन्धित

काठमाडौं । जर्मनीका फरवार्ड काइ हाभर्ट्ज आर्सनलमा अनुबन्धित हुने भएका छन् ।

चेल्सीका फरवार्ड हाभर्ट्जलाई ६५ मिलियन पाउन्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बीबीसीले जनाएको छ ।

२४ वर्षीय हाभर्ट्ज २०२० मा जर्मन क्लब बायर लिभरकुसेनबाट चेल्सी आएका थिए ।

चेल्सीका लागि उनले गत सिजन ४७ खेलमा ९ गोल गरेका थिए ।

हाभर्ट्जले २०२१ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध विजयी गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर