सुनिलको ह्याट्रिकमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौं । साविक विजेता तथा आयोजक भारतले साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार पाकिस्तानलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गोल गरे । यस्तै उदान्त सिंहले एक गोल थपे ।

खेलको दशौँ मिनेटमा सुनिलले पाकिस्तानी गोलकिपरको गल्तीमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको १६ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा भारत २-० ले अघि रह्यो ।

खेलको ७४ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारतले ३-० को अग्रता बनायो ।

ह्याट्रिकसँगै सुनिलले आफ्नो ९० औं अन्तराष्ट्रिय गोल समेत पूरा गरे  ।

त्यसपछि खेलको ८१ औं मिनेटमा उदान्तले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा रहेको भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ ।

पाकिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर