नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं ।  जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ ।

वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्दैछ ।

प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर