सङ्खुवासभा बाढीपहिरोमा बेपत्ता २० जना अझै भेटिएनन्, खाेजी कार्य जारी

सङ्खुवासभामा । सङ्खुवासभामा बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी आज पनि जारी छ ।

बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् , बेपत्ता हुनेहरुमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सुनसरी इटहरीका सन्तोष ढकाल, चैनपुर नगरपालिका–४ का भुवनसिंह तामाङ, चैनपुरका सुवास राई, सुपरभाइजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीबासका गणेश गिरी, इलामका राजकुमार मगर, झापाका मीना श्रेष्ठ (भान्से), कैलालीका रामजतन थारू, बर्दियाका राहुल थारू, रोहित थारू, पुलसन थारू, कालीराम थारू, राजराम थारू, कैलालीका सुगत थारू, अमर थारू, सीता थारू र सङ्खुवासभा पाँचखपनका दीपक मगर रहेका छन् । यस्तै, सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपर हेँवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर