चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त

काठमाडौं । चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनाको सुरुवातीदेखि उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको छ ।

चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढिरहेको छ । बेइजिङमा तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस देखि ४० डिग्री तापक्रम पुग्ने गरेको छ ।

अन्य शहरहरुमा दैनिक ३८ डिग्री सम्म तापक्रम पुग्ने गरेको छ । चीनमा बढ्दो गर्मीका कारण त्यहाँका पावर ग्रिड अपरेटरलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दक्षिणका केही शहरका ब्यापारिक फर्म र मानिसहरूलाई कम बिजुली प्रयोग गर्न अपील गरिएको छ ।

गर्मीले असर पार्ने भन्दै बृद्धबृद्धा र केटाकेटीलाई घर बाहिर ननिस्कन आग्रह गरिएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर