मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा धर्ना

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा धर्नामा बसेका छन्र ।

मिटरब्याजीहरू लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्ना बसेका हुन् ।

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्‌भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरू प्रदर्शन उत्रिएका हुन् ।

मिटरब्याजी पीडितले पनि काठमाडौँ आएर प्रदर्शन गरेका थिए । उनीहरूको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर