विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै

काठमाडौं । आज विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ ।

सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको हो ।

अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको नेपालमा मादल, सारंगी देखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायो सम्म मौलिकता थप्ने बाजाहरू छन् ।

संगीत दिवसको अवसरमा नेपाल सांगितिक संघले काठमाडाैंमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर