चिनियाँ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९:०६ बजे अवतरण गरेको हो । जहाज बुधबार बिहान ९:३० बजे पोखरा विमानस्थल अवतरण हुने बताइएको थियो । तोकिएको समयभन्दा २४ मिनेट अगाडि नै विमान पोखरा अवतरण गरेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आएको थियो । जहाँ १ सय ३० जना यात्रु रहका छन् ।

दक्षिण एसियामा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि खेलाडीहरू नेपाल आउन लागेका हुन् । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर