मंगलबार राति १२ बजेदेखि लागू हुने गरी घट्यो हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार निगमले विज्ञप्ति जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य घटाएको जानकारी दिएको हो । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर