कोलम्बियाले जर्मनीलाई २-० गोल अन्तरले हरायाे

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई कोलम्बियाले हराएको छ ।

बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो।

खेलको ५४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा जुआन काउड्राडोले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई २-० को जित दिलाए ।

मैत्रीपूर्ण खेलमै उरुग्वेले क्युबालाई २-० ले नै हराएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर