महिला कारागारमा भएको झडपमा ४१ जनाको मृत्यु

काठमाडौं । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ ।

होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र अन्य कैदीबन्दीबीच भएको झडपपछि कारागारमा आगजनी गरिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अधिकांशको जलेर तथा केहीको गोली लागेर मृत्यु भएको छ । सो कारागारमा कम्तीमा पनि ९ सय महिला कैदी बन्दी रहेका थिए । झडपकोबीच कारागारको आधिकांश भाग जलेर नष्ट भएको छ ।

यो घटना लगत्तै होन्डुरसका उप सुरक्षामन्त्री जुलिसा विलानुएभाले देशमा आपतकाल घोषणा गरेका छन् । उनले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाईने जानकारी दिए ।

राष्ट्रपति जिओमार क्यास्ट्रोले घटनाको उचित छानबीन गर्ने बताए । होन्डुरस अत्यधिक भ्रष्टाचार र सशस्त्र गिरोहबाट हिंसाग्रस्त मुलुकका रुपमा परिचित छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर