विश्वकप छनोट प्रतियोगितामा आज बुधबार दुई खेल हुँदै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज बुधबार दुई खेल हुँदैछ ।

प्रतियोगिताको चौथो दिन समूह बी का दुई खेलहरु हुदैछ । प्रतियोगिताको सातौं खेलमा आयरल्यान्ड र स्कटल्यान्ड खेल्दैछन् । पहिलो खेलमा ओमानसँगको हारलाई बिर्सिएर आयरल्यान्ड जितको खोजिमा रहनेछ । आयरल्यान्ड पहिलो खेलमा ओमानसँग पराजित भएको थियो ।

पहिलो खेल खेल्दै गरेको स्कटल्यान्ड जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । आयरल्यान्ड र स्कटल्यान्डको खेल बुलायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ ।

अर्को खेलमा भने ओमानले युएईसँग खेल्दै छ । उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ । ओमानले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

 

ओमानले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पहिलो भेटमा नै हराएर ईतिहास बनाएको थियो । आजको खेलमा युएईलाई हराएर सुपर सिक्सको सम्भावना बलियो बनाउने सोचमा ओमान रहेको छ ।

युएई पहिलो खेलमा उपाधी दाबेदारमध्येको एक श्रीलंकासँग फराकिलो अन्तरमा पराजित भएको थियो । आजको खेलमा ओमानलाई पराजित गरि युएई सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको नेपाल तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर