रोजर्स सेल्टिकको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । स्कटिस क्लब सेल्टिकले ब्रेण्डन रोजर्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

५० वर्षीय प्रशिक्षक रोजर्सले सेल्टिकसँग ३ वर्षको सम्झौता गरेका छन् ।

रोजर्स चार वर्षपछि सेल्टिक फर्किएका हुन् ।

रोजर्सले अब एन्जे पोस्टेकोग्लोको स्थान लिने छन् ।

म सेल्टिक फर्कन पाउँदा साँच्चै खुसी छु र म यो ठूलो अवसरबाट धेरै उत्साहित छु, रोजर्सले भनेका छन् ।

रोजर्स यसै वर्ष लेस्टर सिटीबाट बर्खास्तीमा परेका थिए ।

लेस्टर यसै सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर