किर्गिस्तानमा जारी पुरुष भलिबल नेसन्स लिगमा नेपालकाे लगातार तेस्रो हार

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार तेस्रो खेलमा हार व्यहोरेको छ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार इरानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार बेहोरेको हो ।

इरानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो । नेपालमाथि इरानले २५-१६,२५-२२ र २५-२२ को सेटमा जित निकाल्यो।

यस अघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो  थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

अब नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तानको सामना गर्नेछ ।

यस्तै अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर