चट्याङ लागेर आर्युवेर्दिक औषधालयका कविराज विनोदको मृत्यु

काठमाडां । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर ४० वर्षीय विनोद कहांरको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेका विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत कहांरको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर