जीवन रक्षक औषधि बजारमा उपलब्ध गराउन अनुरोध

काठमाडौं । औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवन रक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गरे।

‘बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधिहरु बजारमा उपलब्ध नभएको जनगुनासो पटकपटक विभागमा आउने गरेकोप्रति विभागको ध्यानाकर्षण भएको छ’, उनले जारी गरेको सूचनामा भनिएको छ।

औषधि अभाव हुन नदिनका लागि के कस्ता प्रकारका औषधिहरु कुन कुन रोगको उपचारमा अभाव भएको छ र सोको जानकारी गर्न गराउनुका साथै त्यस्ता औषधिको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत विभागमा आधिकारिक पत्र वा इमेलमार्फत सबै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र सङ्घसंस्थालाई अनुरोध गरिएको उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर