स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीको तलब भत्ता आफैँ व्यवस्था गर्न परिपत्र

काठमाडौं- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता आफैँ व्यवस्था  गर्न परिपत्र गरेको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र आर्थिक स्रोत आफै जुटाउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शय्याका अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दी नेपाल सरकारबाट हालसम्म स्वीकृत नभएको जनाउँदैं संघीय सरकारमा आर्थिक भार नपर्ने गरी जनशक्ति व्यवस्थापन गर्न भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर