नागरिकताको माग गर्नेमाथि प्रहरी दमन

काठमाडौं ।  नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका  सर्वसाधारणमाथि प्रहरीले दमन गरेको छ।

नागरिकता पीडित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरी स्रोतका अनुसार ३३ जना प्रदर्शनकारीलाई नियन्त्रण लिइएको छ। उनीहरूलाई सिंहदरबार प्रहरी वृत्त अनामनगरमा राखिएको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेको विधेयक हालका  राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। तर सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरू नागरिकताबाट वञ्चित भएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।  निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर