नेपालको अमेरिकाविरुद्ध कसिलो बलिङ

काठमाडौं, असार ५ गते। जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार अमेरिकाविरुद्ध कसिलो बलिङ गरेको छ। ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा अहिले अमेरिकाले ब्याटिङ गरिराखेको छ। खेलको ३८ औं ओभर पूरा हुँदा नेपालले सात विकेट लिएको छ। नेपालका लागि करण केसीले एक्लै चार विकेट लिएको छ।

३८ ओभर सकिँदा अमेरिकाले सात विकेटको क्षतिमा १३९ रन मात्र बनाएको छ। अमेरिकाको इनिङ धराप पार्दै नेपालका लागि ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एकएक विकेट लिनुभएको छ। ९ ओभर बलिङ गर्नुभएका सन्दीप लामिछानेले भने एक विकेटसमेत हात पर्न सकेका छैनन् ।

बलर नचलेपछि आइतबार घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित नेपालले अमेरिकाविरुद्ध कसिलो बलिङ गरेको हो। पहिलो खेलमा अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो। नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय खेल भएका छन्।

जसमा नेपालले तीन जित, दुई हार र एक बराबरीको नतिजा निकालेको थियो।पहिलो खेलमा टेस्ट टोली जिम्बावेसँग हारेको नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल जित्नैपर्ने दबाब छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर