मोर्चा गठन प्रचण्ड सर्वेसर्वा हुने प्रयास : रिमाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ पनि बीजारोपण भइसकेका बताएका छन् ।
रिमालले सामाजिक सञ्जालमा लेख्दै भने,“‘पार्टीभित्र होस् वा बाहिर, प्रचण्डजी सधैं एउटै प्रयासमा रहेको देखिन्छ–एकै ठाउँमा रहेकाहरू विपरीत दिशामा उभिएर चर्का प्रतिस्पर्धी बनुन् । तिनीहरू किचकिच गरिरहुन् र तिनीहरूलाई जोड्ने ‘फ्याक्टर’ चाहिँ आफैँ हुन पाउँ १ पार्टीभित्र होस् वा सरकारमा “प्रचण्ड औचित्य” यसैगरी स्थापित छ । त्यसैले होला मोर्चा गठनसँगै ‘किचकिच’को पनि बीजारोपण भइसकेको देखिन्छ । अब के होला, त्यो भविष्यले बताउला ।” उनले अगाडि भने। ’रह्यो नेकपा (एस)– त्यहाँभित्र रहेका ‘निलिन नचाहने’ हरू अध्यक्ष माधव नेपालका “समस्या” हुन् । त्यसैले, प्रचण्डद्वारा निलिन तयार एसका अध्यक्ष र समर्थकहरुले निलिनु अघिको अलिक घुमाउरो यात्रा तय गरेको देखिन्छ ।’

उपमहासचिव रिमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिल्ने या निल्ने समेत स्मरण गराए। ‘चौसठ्ठी सालतिर माओवादी अध्यक्ष प्रचण्डको एउटा भनाइ चर्चित थियो– “मिल्ने या निल्ने १” यो भनाई एमाले र अरू स–साना बाम समूह लक्षित थियो । त्यतिखेर निलिन तयार नारायणकाजीजीको पार्टी र सो सरहका स–साना ग्रुपलाई निलियो । नमिल्ने र ननिलिइएका विरुद्ध उपद्रो मच्चाइयो । हिजो एउटा मोर्चा बनेछ । प्रचण्डजीको आशय पहिलेजस्तै आयो– ०७५ सालको बाटोबाट हैन, यो बाटोबाट मिल्ने। मोर्चामा रहेकाहरू एउटै गठबन्धनमा छन् । मोर्चा, गठबन्धनमा रहेका अरू कसैका विरुद्ध हो कि भन्ने प्रश्नमा “गठबन्धनका सहयात्री विरुद्ध हैन” भनिएको छ । अझ स्पष्ट पार्दै “यो कसैका विरुद्ध पनि हैन” भनिएको रहेछ। विरुद्धमा नभए पक्षमा त हुनुपर्ने १ तर मोर्चामा आउन मरिहत्ते गर्ने बाबुरामहरु आउट हुनुहुन्छ, अर्थात् उहाँहरु ‘कसैकसैको’ चाहिँ पक्षमा हुनुहुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर