फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल

काठमाडौं । युरोकप छनोटमा फ्रान्सले लगातार चौंथो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा ग्रीसलाई १-० गोल अन्तरले हराउँदै फ्रान्सले लगातार चौंथो जित निकालेको हो ।

फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे ।

खेलको ५५ औं मिनेटमा एमबाप्पेले गोल गरेका थिए ।

जितसँगै फ्रान्सले ४ खेलमा १२ अंक जोडेको छ ।

फ्रान्स समूह ुबीु को शीर्ष स्थानमा रहेको छ ।

ग्रीस ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर