आँधीमा परि एक जनाको मृत्यु २० जना घाइते

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा आएको आँधीमा परि एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीको लहर र प्रतिकुल मौसमकाबीच आएको आँधीले थुप्रै घरहरुमा क्षति पुर्‍याएको छ । मिसिसिपी राज्यको राजधानी ज्याक्सनबाट करिब १ सय १२ किलोमिटर पुर्वमा रहेको लुइन शहर आँधीको चपेटामा पर्दा हजारौं प्रभावित भएका हुन् ।

ठाउँ ठाउँमा बिजुलीको पोल र रुख ढल्दा च्यापिएका सवारीसाधनहरुको लेखाजोखा छैन । आँधी प्रभावित हजारौंलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीले बिजुली आपुर्ती बन्द हुँदा करिब ४ लाख मानिस अध्याँरोमा बस्न बाध्य छन् ।

यसअघि टेक्सस र दक्षिणी अमेरिकामा आएको आँधीले बितण्डता मच्चाएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर