डा. सन्दुक रुइतले पाएको इसा अवार्डको पुरस्कार रकममा लाग्ने कर छुट

काठमाडौं । सरकारले डा सन्दुक रुइतले बहराइन सरकारबाट पाएको इसा अवार्डसँगै प्राप्त भएको पुरस्कार रकममा कर छुट दिएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

डा रुइतले इसा अवार्ड ट्रष्टबाट १० लाख अमेरिकी डलर राशीको रकममा लाग्ने कर छुट दिने निर्णय नेपाल सरकारको ११ फागुनको बैठकले गरेको सूचनामा उल्लेख छ ।

सामान्यतया पुरस्कार राशीमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर