‘आदिपुरुष’का निर्माताले मेयर बालेन शाहलाई पत्र लेख्दै माफी मागे

काठमाडौं ।  भारतीय चलचित्र ‘आदिपुरुष’का निर्माताले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र लेख्दै माफी मागेका छन्।

मेयर शाहले चलचित्रमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाइएको भन्दै काठमाडौँ महानगरभित्र उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेपछि निर्माता कम्पनी टि–सिरिजले पत्र लेखेर माफी मागेको हो।

टि–सिरिजले नेपालीहरुलाई नियतबस दुःखी बनाउने उद्देश्य नभएको पत्रमा भनेको छ।

चलचित्रको उक्त संवाद सीताको जन्म स्थानको सन्दर्भमा भन्दा पनि महिलाको सम्मानको सन्दर्भमा समेटिएको टि–सिरिजले प्रष्टीकरण दिएको छ। साथै ‘आदिपुरुष’को प्रदर्शनमा सहयोग गरिदिन मेयर शाहलाई निर्माताको अनुरोध छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर