नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगीको आरोपमा थापा मगर पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगीको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली बस्ने वर्ष ३० का बलराम थापा मगर रहेका प्रहरीले जनाएको छ ।

नेदरल्याण्ड्स पठाउने विश्वास दिलाई प्रलोभनमा पारी पटक-पटक गरी एक ब्यक्तिसँग २६ लाख रुपैयाँ ठगेको भन्दै वैदेशिक रोजगार विभागबाट पक्राउका लागि आग्रह गरिएकाले उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर