रास्वपाको १७ सदस्यीय कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, (स्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइए छ भने आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो ।

उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहेको सो पार्टीले जनाएको छ । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको जनाईएको छ ।

उक्त दस्तावेजमाथि छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर