नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयातित आलु र प्याजमा मात्र भ्याट : अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम उपभेक्तालाई मारमा पार्न आलु र प्याजमा भ्याट नलगाइएको बताएका छन् । सोमबार मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयातित आलु र प्याजमा मात्र भ्याट लगाइएको बताए ।

‘हामी कृषि प्रधान देश भन्छौं, आलु र प्याज यति अर्बको आयात गर्ने, आलु र प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु र प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर