स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

काठमाडौं । स्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाइ भेट भएको छ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको मन्त्री बस्नेत र पोलिटबीचको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए।

उनले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर