भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति

काठमाडौं । भारतको सिक्किममा भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षाले भौतिक पूर्वाधार र सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण धेरै नदीहरुको बहाब बढेका कारण स्थानीयलाई सचेत रहन अपील गरिएको छ । सिक्किममा पहिरो र सडक अवरुद्धका कारण ३५ सय पर्यटक फसेका छन् ।

उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्ण रुपमा बग्दा यातायात सेवा समेत अवरुद्ध बनेको छ । सिक्किमका अधिकांश कच्ची घर र केही पक्की घरहरु बाढीले बगाएको छ ।

सिक्किमको रामम नदीमा पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाई खोलामा अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ ।

यस्तै, भारतकै तमिलनाडुमा भारी वर्षाले जनजीवन अस्तब्यस्त बनेको छ । आइतबार रातीदेखिको भारी वर्षाका कारण चेन्नइलगायतका स्थानमा विद्यालयहरु बन्द गरिएका छन् । सडकमा पानी भरिएका कारण कतिपय स्थानमा आवतजावत नै ठप्प भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी (सांकेतिक तस्वीर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर