भदाको विवाहमा फूपु ईशा सहभागि भइनन्

काठमाडौं । बलिउड अभिनेता सनी देओलका छोरा करण देओल र द्रिशा आचार्यको विवाह धुमधामसंग भएको छ ।

वैवाहिक समारोहमा हजुरबुवा धमेन्द्र पनि स्वास्थ्य स्थिति असहज हुँदा हुँदै पनि सहभागि भए । अहिले देओल परिवारमा भिन्दै खुशीको वातावरण रहेको छ । बबि देओललाई पनि भतिजाको विवाहमा खुब रमाएको देखिन्छ ।

यद्यपि, सनी बहिनी ईशा देओल भने विवाहमा सरिक नै भइनन् । आफ्ना भदाको विवाहमा फूपु ईशा सहभागि नहुनुलाई धेरैले अर्थपूर्ण रुप लिएका छन् ।

त्यसो त सन् २०१२ मा जब ईशा देओलको विवाह व्यवसायी भरत तख्तानीसंग भएको थियो, तब सनी देओल र बबी देओल पनि बहिनीको विवाहमा उपस्थित भएका थिएनन् ।

इशाको विवाहमा दाइ भएर निर्वाह गर्नु पर्ने सबै कर्मकाण्ड ईशाका काकाका छोरा अभय देओलले गरेका थिए ।

यद्यपि, हेमा मालिनीले घरको कुरा बाहिर आउन नदिन सनी र बबी देओलको भारत बाहिर सूटिङ परेकाले विवाहमा उपस्थित हुन नपाएको भनेर स्पष्टिकरण दिएकी थिइन् ।

यद्यपि, सनी र बबी ईशा देओलको विवाहमा सहभागि नुहनुको कारण भने उनीहरु आफ्नी आमा प्रकाश कौरलाई दुःखी बनाउन चाहँदैन थिए ।

धमेन्द्रले आफ्नी श्रीमती प्रकाश कौरलाई छाडेर हेमा मालिनीसंग विवाह गरेपछि प्रकाश कौर र छोराहरु सनी र बबी देओल एकातिर भएका थिए भने हेमा मालिनी छोरीहरु ईशा–अहाना देओल अर्कोतिर रहँदै आएका छन् ।

जस्तालाई त्यस्तै भने जस्तै ईशाले पनि यति बेला आफ्नो विवाहमा नआएको बदला दाइ सनी देओलको छोराको विवाहमा नगएर लिएको भन्ने बुझिन्छ । यद्यपि, उनी विवाहको रिसेप्सनमा भने सहभागि हुनसक्ने सम्भावना भने बढी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर