‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त

काठमाडौं ।  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार रअ प्रमुखमा सिन्हालाई नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) छत्तीसगढ क्याडरका सिन्हा हाल क्याबिनेट सचिवालयको विशेष सचिवको रूपमा कार्यरत छन् ।

मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्तिलाई अनुमोदन गरेको हो । सामन्त गोयलको स्थानमा उनलाई नियुक्त गरिएको हो । ३० जुन २०२३ मा गोयलको कार्यकाल सकिँदै छ ।

सिन्हासँग पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव छ । सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर