नेदरल्यान्ड्सलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले तेस्रो

काठमाडौं । इटालीले नेसन्स लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले तेस्रो स्थान हासिल गरेको हो ।

खेलको छैटौं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २० औं मिनेटमा डेभिड फ्रातेसीले गोल गर्दा इटाली २-० ले अघि रह्यो ।

खेलको ६८ औं मिनेटमा स्टेभन बेर्जविनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ७२ औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै इटालीलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा नेदरल्यान्ड्सका जर्जिनियो विज्नाल्डमले गोल गरेपनि इटाली ३-२ ले विजयी भयो ।

नेसन्स लिगको उपाधिका लागि भने स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर