अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ ।

चीन भ्रमणमा रहनु भएका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्च तहमा संवादका च्यानलहरु खुला राखेर सम्बन्ध अघि बढाउने सहमति भएको बताइएको हो ।

विदेशमन्त्री ब्लिंकेनले सबैखाले समस्याहरुलाई संवाद मार्फत समाधान गर्नका लागि चीनसँग प्रस्ताव गर्नुभएको र चीन पनि त्यसका लागि तयार भएको दाबी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्री छिनले अमेरिकासँग स्थिर, अनुमान गर्न सकिने र रचनात्मक सम्बन्ध चाहेको बताएको पनि विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्रीले चीन–अमेरिका सम्बन्धमा ताइवान नै मुख्य बिवादको विषय रहेको भन्दै ताइवानको विषय चीनका लागि निकै संवेदनशील हो भन्ने पनि प्रष्ट पारेकाे  जनाइएको छ ।

ब्लिंकेन विगत पाँच वर्षमा चीन पुग्ने पहिलो उच्च तहका अधिकारी हुनुहुन्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर