नेपालले आज सोमबार आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको दोस्रो खेलमा नेपालले आज सोमबार आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर