क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनले नेसन्स लिगको उपाधि जित्याे

काठमाडौं । स्पेनले यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा स्पेनले ५-४ ले बाजी मार्यो ।

पेनाल्टीमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को एसेन्सियो र डानी कार्भाजलले गोल गरे । एम्रिक लापोर्टे भने चुकेका थिए ।

यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच,लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे ।

तर, लोभ्रो माजेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा चुकेपछि क्रोएसिया उपविजेतामै समेटिएको हो ।

स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो । स्पेनले पछिल्लो पटक २०१२ मा युरोकप जितेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर