भारतीय चलचित्र ‘आदिपुरुष’ विवादसँगै पोखरा महानगरले पनि भारतीय चलचित्र चल्न नदिने

काठमाडाैं । काठमाडाैं महानगरका प्रमुख बालेन्द्र शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा राेक लगाएसँगै नेपालभर याे चलचित्र बिवादकाे चाैघेरमा परेकाे थियाे । चलचित्चत्रको विवादित संवादलाई लिएर चर्चा परिचर्चा चलिरहेका बेला पोखरा महानगरपालिकाले पनि कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने भएको छ।
भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा रोक लगाइएको हो।
महानगर प्रमुख धनराज आचार्यले पोखराका विभिन्न हलमा चिठी पठाएर हलवालाहरूलाई जानकारी गराएका छन्।
काठमाडाैं महानगरपालिकाले पनि सोमबारदेखि काठमाडौँ महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरिसकेको छ।