युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकियाे

काठमाडौं । युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बेल्जियमले अष्ट्रियासँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो ।

त्यसअघि खेलको २१ औं मिनेटमा बेल्जियमका ओरेल मंगलाले आत्मघाती गोल गर्दै अष्ट्रियालाई सुरुआती अग्रता दिलाएका थिए ।

यस बराबरीसँगै बेल्जियमले २ खेलमा ४ अंक जोडेको छ ।

समूह एफ को बेल्जियम दोस्रो स्थानमा रहेको छ ।

अष्ट्रिया ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर