नेपाल र घरेलु टोली माल्दिभ्ससँग खेल्दै

काठमाडौं । माल्दिभ्स बास्केटबल संघले आयोजनामा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार घरेलु टोलीसँग खेल्दै छ ।

माल्दिभ्समा हुने लिग चरणको अन्तिम खेल नेपाली समय अनुसार राती सवा ९ मा सुरु हुनेछ ।

चौथो खेल खेल्दै गरेको नेपाल लगातार तेस्रो जितको खोजीमा रहेको छ । उता, लिग चरणको अन्तिम खेल तथा चौथो खेल्दै गरेको घरेलु टोली पहिलो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । तेस्रो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

उता, माल्दिभ्स भने पाकिस्तान, बंगलादेश र भुटानसँग पराजित गरेको थियो ।

दुई खेलमा जित दर्ता गरेको नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ ।

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छन् ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

नेपाली टोली 

सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर