अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन चीन पेुगे

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन चीन पेुगेका छन् ।

दुई देशबीच तनाव बढिरहेको बेला विदेशमन्त्री ब्लिंकेन बेइजिङ पुगेका हुन् । पछिल्लो पाँच वर्षमा अमेरिकाबाट चीनमा भएको यो नै उच्च स्तरीय भ्रमण हो । ब्लिंकने पाँच महिना अघि नै बेइजिङ आउने तय भएकोमा अमेरिकी आकाशमा चिनियाँ जासुस बलुन उडाइएको खुलासा भएपछि भ्रमण पछि धकेलिएको थियो ।

भ्रमणका एजेण्डा थुप्रै भए पनि अमेरिकी अधिकारीहरुले खाशै ठूला उपलब्धि हुने अपेक्षा गरेका छैनन । ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिङ काङ र पूर्व विदेशमन्त्री वाङ यीलगायतसंग भेटवार्ता गर्ने बताइएको छ । रुस–युक्रेन युद्धमा रुसको पक्षमा बलियो गरी उभिएको चीनसंगको सम्बन्ध कसरी टिकाउने भन्ने रणनीतिमा अमेरिका छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर