आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । 

मूल्यसूचीअनुसार मालदह आँप ७० रुपैयाँ, भारतीय लिच्ची २५०, लोकल लिच्ची १२०, खोर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्‌यापी सुकेको १२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोसा प्रतिकेजी १५०, घिउ सिमी तथा राजमा ९०, कुरिलो २५०, काउली स्थानीय ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०, लौका प्रतिकिलो ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ, ब्रोकाउली ७०, कागती १५०, चम्सुरको साग १००, निगुरो  ७०, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो ७०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रुपैयाँमा किनबेच भइरहेको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवी ५०० रुपैयाँ, हरियो खोर्सानी अकबरे १८० रुपैयाँ, रहु माछा ३१०, ताजा माछा (मुङ्ग्री)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर