पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३-० गोल अन्तरले हरायाे

काठमाडौं । युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३-० गोल अन्तरले हराएको छ ।

खेलको ४४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७७ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेजए व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए ।

यस खेलसँगै कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १९९ औं खेल पूरा गरेका छन् ।

यस जितपछि पोर्चुगलले ३ खेलमा ९ अंक जोडेको छ ।

पोर्चुगल समूह जे को शीर्ष स्थानमा रहेको छ ।

बोस्निया ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर