असार ४ गते समाजवादी मोर्चाको घोषणा हुने

काठमाडौं । समाजवादी मोर्चाको घोषणा असार ४ गते हुने भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले असार १ गते मोर्चाको घोषणा गर्ने भनिए पनि प्रावधिक कारणले हुन रोकिन पुगेको बताउँदै उनले सरकारमा र सरकारबाहिर रहेका कम्युनिस्ट पार्टीआबद्ध मोर्चाको घोषणा अब असार ४ गते हुने जानकारी दिए ।

चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले मोर्चालाई मूर्तरूप दिन अन्त पार्टी छलफल कार्यक्रमलाई तीव्रता दिएको बताए । ‘देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने, ‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुुनेछ ।’ उनका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भए पनि अब मुर्त रुप लिन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर